२६ जेष्ठ २०८०, शुक्रबार

राजन घिमिरेलाई चलचित्र पत्रकारिता पुरस्कार

  प्रकाशित मिति
६ जेष्ठ २०८०, शनिबार ११:४४


राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ ।

चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ । घिमिरे तीन दशकदेखि चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय छन् ।

यस्तै सङ्घले पत्रकार पोष्टराज अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । उनी पनि दुई दशकदेखि चलचित्र पत्रकारिता गर्दै आएका छन् । सो पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

यसैगरी, सोही समारोहमा चलचित्रकर्मी सम्मानबाट कलाकार सुलेमान शङ्कर ‘इकु’लाई सम्मानित गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो समारोहमा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले पुरस्कार प्रदान गरेका हुन् ।

अनलाइन पत्रकारको कार्य समिति चयन

अनलाइन मिडियाका सञ्चालकहरुको छाता सङ्गठन अनलाइन मिडिया एसोसिएसन नेपालको अध्यक्षमा धर्मेन्द्र दाहाललाई चयन गरिएको छ । हेटौाडामा सम्पन्न अनलाइन मिडिया सञ्चालकको भेलाले दाहालको संयोजोकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षमा सुनिता विष्ट र रुपक कालिराज, महासचिवमा उज्ज्वल अधिकारी, सचिवमा मनोज देवकोटा र राजेश थापा तथा कोषाध्यक्षमा प्रवेश धिताललाई चयन गरेको । यस्तै सदस्यमा दीपेश दाहाल, गोविन्द तिमिल्सिना र भुपेन्द्र रानालाई चयन गरिएको छ ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्