२६ जेष्ठ २०८०, शुक्रबार

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा

  प्रकाशित मिति
४ जेष्ठ २०८०, बिहीबार ०१:०५


भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले सार्वजनिक गरेको १४औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो ।

आगामी जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, लेबनान, भुटान र बङ्गलादेश रहेका छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलङ्का सहभागी छैन ।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।


117
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्