२६ जेष्ठ २०८०, शुक्रबार

आइजीपीमाथि ‘काम नगर्न’ दबाब !

  प्रकाशित मिति
३ जेष्ठ २०८०, बुधबार १३:५७


उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित विषयलाई लिएर काबु पाउन नसक्ने देखिएपछि तीन पार्टीका तीन शीर्ष नेताहरूको परामर्शमा प्रहरीलाई नियन्त्रणमा राख्ने प्रयास भएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बालुवाटारस्थित प्रधानमन्त्री आवाशमा बोलाएर शरणार्थी प्रकरणमा कसैलाई पक्राउ गर्नुपर्ने भएमा त्यसअघि नै जानकारी गराउन दबाब दिएका छन् । बालकृष्ण पक्राउ परेको पर्सीपल्ट आइजीपी कुँवरलाई बालुवाटारमा बोलाएर स्पष्ट निर्देशन दिँदै पूर्ण खड्कालाई सँगै राखेर प्रचण्डले भनेका छन्- ‘अब आइन्दा कसैलाई पक्राउ गर्नुपर्ने भएमा पहिले मलाई जानकारी गराउनु, गृहमन्त्रीले आदेश दिएकै भरमा सोझै गएर कसैलाई पक्राउ नगर्नु ।’

यसरी रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री खड्का र प्रधानमन्त्री प्रचण्डले आइजीपीलाई कसेपछि त्यसको असर अनुसन्धान र थप दोषीहरूको गिरफ्तारीमा परेको छ । प्रेमकुमार राई, महेश्वर न्यौपाने, राजेश बज्राचार्य, अजयक्रान्ती र राजेन्द्र स्थापितलगायतका ब्यक्तिहरूलाई पक्राउ गर्ने कार्य समयमै हुन नसक्नुको मुख्य कारण प्रचण्ड-पूर्णको आदेशलाई मानिएको छ । उनीहरू शरणार्थी प्रकरणलाई कुनै ठोस कारबाहीबिना नै सामसुम पार्ने योजनामा रहेको देखिएको छ ।

यो समयमा गृहमन्त्री परिवर्तन गर्दा जनतामा असन्तोष बढ्ने र असामान्य स्थिति पैदा गर्ने भएकोले प्रचण्ड र देउवा चाहेर पनि गृहमन्त्री बदल्न सक्ने अवस्थामा छैनन् । त्यसैले प्रहरीलाई निष्क्रिय तुल्याउँदै मुद्दा कमजोर बनाएर अदालतमा पेस गर्ने र थप दोषीहरूलाई पक्राउ नै नगरी शरणार्थी प्रकरणलाई विश्राम दिने योजनामा विपक्षीसहित सत्तापक्षीय नेताहरू लागिपरेका छन् !


4.203k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको