'होलिडे-पे'मा ओभरटाइमसहित तलब

'होलिडे-पे'मा ओभरटाइमसहित तलब


IMG_1732बोर्डन, बेलायत । बेलायतबासी नेपालीहरु धेरैले हालै सुनेका होलान् ओभरटाइम होलिडे पे को बारेमा जो भर्खरै कोर्टबाट आदेश आएको छ । यसको बारेमा भन्नु पर्दा यूके का केही कम्नीका कामदारहरुले यो युरोपियन वर्किङ टाइम रेगुलेसनमा सन १९९८ बाट प्रयोगमा आएपश्चात अनुदानस्वरुप पाएका थिए । युरोपीयन कानुनअनुसार कामदारहरुले बर्षमा २० दिन तलबी बिदा पाउँछन् तर यूकेका कामदारको हकमा यो बिदा २८ दिनको छ ।

बेलायतमा बार्षिक बिदा बस्दा कामदारको बेसिक तलबको हिसाबले स्यालरीमा रकम जोडिने गरिन्थ्यो भने अब यसमा गरिएको ओभरटाइमलाई पनि हिसाब गरेर दिनु पर्ने भएको छ । यस कारण कतिपय साना कम्पनीहरुलाई नकरात्मक असर पर्ने बताइएको छ भने ठूला कम्पनीहरुले पनि कामदार कटौति गर्न सक्नेछन् जसकारण बेलायतमा बेरोजगारीहरुको संख्या बढ्नसक्नेछन् भनिएको छ ।

बेलायतको युनियनले यस फैसलालाई कामदारहरुको बिजयको रुपमा लिएको छ भने कम्पनीहरुलाई भने लाखौंको धक्का लाग्नेछ, जसलाई केहीले नराम्रो मुक्काको संज्ञा दिएको छ । यसबारे के,कति,कसरी कुन हिसाबमा दिने भन्ने बारेमा केही बताइएको छैन, यसको फाइनल हुन अझै एक बर्ष लाग्न सक्नेछ । बिजनेस सचिव भिन्स केबलले यस फैसलाबाट के कस्ता असरहरु पर्दछ भनेर तुरुन्तै छानबिन गर्न हुकुम दिएका छन् । मुख्य सचिब फ्रान्चिस ओ ग्रेडीले भने : -होलिडे को तलबमा ओबरटाइमलाई जोडेर हिसाब नगर्नु गलत थियो ।

यसबारेमा अझै जानकारी लिन तलको प्रश्न-उत्तरमा हेर्नुहोला —

+ के म मेरो पुरानो होलिडेको क्लेम गर्नसक्छु ?

– भन्नैपर्दा सक्नुहुन्छ तर यसबारेमा यो फैसलाबाट अझै स्पष्ट भ इसकेको छैन, कसरी हिसाब गरिनेछ भनेर कानूनका विज्ञहरुले यसमा काम गरिरहेका छन् । तर यसमा ३ महिनाको समयसीमा छ, जसमा तपाईले लिनुभएको होलिडेमा ओभरटाइम सहितको नपाएको खण्डमा ३ महिनाभित्र उजुरी दिनुपर्नेछ ।

+ मैले अतिरिक्त कति रकम पाउनसक्नेछु ?

– यो अझै स्पष्ट भइसकेको छैन । बिशेषत तपाईले पहिला कति पाउनुभयो र अब ओभरटाइमसहित पाउने तलब बीचको फरक कति हुन्छ, हिसाब गरेर पाउनसक्नुहुन्छ तर यो हाललाई अनुमान मात्र हो ।

+ अब भविष्यमा मैले के कति पाउँछु ?

– यस फैसलाले स्पष्ट बोलेको छैन के,कति भनेर तर तपाईको रोजगार दाताले यसमा तपाईले होलिडे लिनु १२ हप्ता अगाडि कति ओभरटाइम गर्नुभयो यसमा रहेर उनीहरुले हिसाब गरेर तपाईले पाउनुहुनेछ । अर्को पाटो तपाईले १२ महिना यानि कि १ बर्षमा के कति ओभरटाइम गर्नुभयो त्यसलाई बेसिक स्यालरीसँग हिसाब गरेर पाउनुहुनेछ । यी दुईमा के हुने भन्नेमा सरकार र कोर्ट मिलेर फैसला गर्नेछन् ।

+ मैले कति होलिडेको तलब पाउनेछु ?

– युरोपियन कानूनअनुसार फूलटाईम कामदारले २० दिनको तलबी बिदा पाउँदछ तर यूके मा भने यो २८ दिनको छ यसमध्ये कुन हुने भन्नेमा यसमा काम गरेपश्चात निर्णय लिइनेछ ।

+ यसमा सबै प्रकारका ओभरटाइम समाबेस छ ?

– छैन । यसमा तपाईको कन्ट्राक्ट मै ग्यारेन्टी गरिएको ओभरटाइम समाबेस हुनैछैन ।

+ अब के हुन्छ अगाडि ?

– तपाई आफ्नो रोजगार दातासँग सल्लाह गर्नुहोस्, यदि तपाई युनियनको सदस्य हुनुहुन्छ भने उनीहरुले तपाईलाई सम्पर्क गर्नेछन् जसको केवल बेसिक तलबको आधारमा होलिडेको तलब दिइएको छ । यदि तपाई युनियनको सदस्य हुनुहुन्न भने कानूनी फर्ममा गएर तपाईको केस दिएको खण्डमा उनीहरुले तपाईको लागि कानूनी लडाइ लड्नेछ । तपाई Acas बाट पनि जानसक्नुहुनेछ ।

+ के म मेरो पुरानो रोजगारदाताबाट पनि रकम असुल्नसक्छु ?

– सायद सक्नुहुन्न तर तपाईले काम छाडेको ३ महिनाभित्र हो भने सम्भब छ ।

Picture taken from the Net.