२६ जेष्ठ २०८०, शुक्रबार

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

  प्रकाशित मिति
९ चैत्र २०७९, बिहीबार १२:०३


उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन् ।

समूह ’ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । त्यतिबेला नेपाल आफ्नो समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डलाई पराजित गरेको थियो ।

दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्चमा हुनेछ । यू-२० महिला एसियन कपमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको