२६ जेष्ठ २०८०, शुक्रबार

जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि

  प्रकाशित मिति
९ चैत्र २०७९, बिहीबार ००:१८


जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ को जनवरी १ सम्ममा देशभरका करिब २६ हजार स्थानमा गरिएको सर्वेक्षणमा औसत मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले बढी रहेको जनाइएको छ ।

यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिड-१९ को प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको छ । सन् २००८ मा १.७ प्रतिशतले मूल्य वृद्धि भएयता सबैभन्दा बढी मूल्य वृद्धि भए पनि यो वृद्धि प्रमुख शहरभन्दा बाहिर देशभर फैलिएको मन्त्रालयले जनाएको छ ।

टोकियो, ओसाका र नागोयाको सबैभन्दा ठूलो सङ्ख्या २.१ प्रतिशतले बढेको छ भने चार क्षेत्रीय शहर साप्पोरो, सेन्दाई, हिरोशिमा र फुकुओकाको मूल्यमा ८.५ प्रतिशतले वृद्धि भएको छ ।

कोभिड–१९ महामारीको प्रभावका कारण जग्गाको मूल्य वृद्धि हुँदै आएको भए पनि अहिले मध्यम आर्थिक पुनः उत्थानका कारण मूल्य वृद्धि भइरहेको बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा