आजको पञ्चाङ्ग एवम् राशिफल (९ चैत्र २०७९ बिहीबार, २३ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ चैत्र २०७९ बिहीबार, २३ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ९ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च २३ तारिख चैत्र शुक्ल पक्षको द्वितीया तिथि रेवती नक्षत्र ब्रम्हा योग बालव करण आनन्दादिमा मित्र योग चन्द्रमा मीन राशिमा १६ः१६ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः७ मा र सूर्यास्त साँझ १८ः१६ बजे हुनेछ । चन्द्रोदय ।

आजको राशिफल

मेष – आयआर्जनको दृष्टिले राम्रो दिन छ । धनलाभको योग छ । रमाइलो यात्राको पनि योग रहेको छ । आफन्तमिलनले सुख प्रदान गर्ला । आरोग्यता बढ्नेछ । विलासी काम बन्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन छ । आशा उत्साह थपिनेछ । आज टाढाको यात्रा हुने योग छ भने कामहरु सजिलैसँग बन्नेछन् । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । ब्यापारबाट सामान्य नाफा होला । नयाँ काम पाउने योग छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज स्वास्थ्यमा कमजोरी र अनावश्यक ब्यय हुने योग छ । धनमाल हराउनाले मनमा पिडा थपिन सक्छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । कतै लामो यात्रा गर्दै हुनुहुन्छ भने आज स्थगन गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कर्कट – दिन त्यति शुभदायी नरहला । नियमित काममा अप्ठ्यारो पर्न सक्छ । लेनदेनमा सजग रहनुहोला । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

सिंह – आज ब्यस्तता बढ्नेछ । घरायसी काममै दिन जाने देखिन्छ । काम बन्नाले सुखको अनुभव पनि हुन्छ । कमाइ सोचेअनुरुप हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । साथै, जोखिम पनि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – दिन सामान्य रहने योग भए पनि नियमित कर्ममा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनावश्यक डर पैदा हुनुका साथै वादविवाद हुन सक्छ । कसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रूपमा समस्या देखिन सक्छ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – मनमा दुविधा रहन सक्ने दिन भए पनि सामाजिक काममा नाम रहने छ । नियमित कर्ममा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । तथापि, साहस वृद्धि हुनेछ । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । मित्रजनबाट विशेष सहयोग र सुख प्राप्त हुने दिन छ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखीदायी रहला । रोकिएको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – अप्रत्याशित लाभ हुने दिन छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । टाढाको यात्राको पनि योग रहेको छ । धन र आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्ला । रसराग तथा प्रेमसम्बन्धी क्रियाकलापमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आज व्यर्थको खर्च हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु उचित हुनेछ । परिवारमा पनि समस्या आउन सक्छ । विवाद बढने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने राम्रै रहनेछ । मीठो भोजन प्राप्त होला ।

मीन – आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइनेछ । आज धनलाभको योग पनि छ । दिन खुशीसाथ बित्नेछ । प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्नेछ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।