उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु


निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजवाट सुरू गर्दैछ ।

वैशाख १० गते हुन गइरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेअनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन-२, बारा-२ र तनहुँ-१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन-२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा-२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, तनहुँ-२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।