आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत्र २०७९ बुधबार, २२ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत्र २०७९ बुधबार, २२ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०७९ चैत्र ८ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च २२ तारिख चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि उत्तरा भाद्रपद नक्षत्र शुक्ल योग किंस्तुघ्न करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः८ बजे र सूर्यास्त साँझ १८ः१५ बजे हुनेछ । चैत्रनवरात्रा प्रारम्भ, वत्सरारम्भ, तेल लगाउने र नीमको पात खाने, जलदीवस ।

आजको राशिफल

मेष – आज नसोचेको काम बन्ने योग छ । अर्थलाभका अवसर आउने छन् । मठ-मन्दिरको भ्रमण हुने र सामाजिक प्रतिष्ठा बढ्ने समय छ । सोचेभन्दा बढी नै लाभ होला । लगानी वृद्धि हुनेछ । सृजनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ भने यात्रामा विशेष लाभ होला । महत्वपूर्ण काममा जीवनसाथीको सल्लाह लिएर गरे विशेष सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्न सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन आर्थिक दृष्टिले त्यति शुभदायी नरहला । लेनदेनमा विवाद बढन सक्छ । घरायसी समस्या पनि आउलान् । मित्र बनेर धोकादिने भेटिनेछन्, सचेत रहनुहोला । साझेदारीको काममा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – नोकरी तथा राजनितीमा मान–सम्मान पाउने योग भए पनि आजको दिन गलत विचारले काममा बाधा सिर्जना गर्न सक्छ । आफ्नो लागि भन्दा अर्काको काममा समय बित्न सक्छ । तथापि, कामबाट रुको मन जित्न सकिने छ । अप्रत्यासित धनलाभको योग पनि देखिन्छ । घरेलु समस्यामा अल्झनुपर्ने समय छ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – भागदौड र कार्यमा जोखिम बढ्नेछ । कार्यबोझ वृद्धि होला । प्रेमको बन्धनमा बाँधिने समय छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष पनि आज सन्तोषजनक रहला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – मनोरञ्जनमा भुलिने र ब्यापारमा मनग्गे धनलाभ हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । पढाइलेखाइमा सफलता मिल्नेछ । मित्रजनसँग भेटघाट होला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ ।

तुला – आज लेनदेनको समस्याले सताउने तथा शत्रु बढ्ने योग छ । ब्यापार–व्यवसायमा नाफा नरहला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । विशेष यात्रा नगरेकै बेस हुनेछ । बोल्दा धैर्य र सुझबुझ अपनाउनुहोला । आफन्तको सहयोग समर्थन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न होला ।

वृश्चिक – समय राम्रै छ । कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । गलत लेनदेनमा भने समस्या आउन सक्छ । अरुबाट पशंसा सुनेर मन हर्षित हुने दिन छ । दायित्वका साथै कर्मबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । व्यस्तता बढ्नेछ ।

मकर – स्वास्थ्यस्थितिमा सुधार आउने समय छ । आयआर्जनको स्रोत पनि फेला पर्ला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । रसरागमा रुचि बढ्ला

कुम्भ – आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग भएकोले सावधानी अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।

मीन – आरोग्यता वृद्धि हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने र आफन्तहरुको उचित सहयोग मिल्नेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।