आजको पञ्चाङ्ग एवम् राशिफल (७ चैत्र २०७९ मंगलबार, २१ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ चैत्र २०७९ मंगलबार, २१ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ७ गते मंगलबार तद्अनुसार सन् २०२३ मार्च २१ तारिख चैत्र कृष्ण पक्षको अमावश्या तिथि पूर्वाभाद्रपद नक्षत्र शुकर्म योग चतुष्पाद करण आनन्दादिमा काण योग चन्द्रमा कुम्भ राशिमा १२ः१९ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः९ र सूर्यास्त साँझ १८ः१५ बजे हुनेछ । दर्शश्राद्ध, घोडेजात्रा ।

आजको राशिफल

मेष – दिन सामान्य छ । मनमा रहेको कुनै डर हटेर काममा उत्साह बढ्ला । अनुकूल यात्राको सम्भावना छ । शुभ समाचार प्राप्त हुने योग छ । आयबल बढ्नेछ । विलासी काम बन्नेछ । आरोग्यता रहला । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन त्यति उत्साहजनक नरहन सक्छ । स्वास्थ्यमा कमजोरी रहे पनि कामको बोझ बढ्नेछ । खर्च बढ्ला । श्रमको उचित फल पनि नमिल्न सक्छ । हतारको निर्णयले काम बिग्रन सक्ने हुँदा सचेत रहनुहोस् । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउने समय भए पनि आफन्तको साथ मिल्ला । खुट्टा तान्नेहरू सक्रिय रहन सक्छन्, सचेत रहनुहोला । दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । तथापि, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिन राम्रै छ । खर्च भन्दा कमाइ नै बढी हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । विरोधिले समेत प्रशंसा गर्नेछन् । व्यापारमा पनि फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – भाग्य पनि बलियो छ । चिताएको काम सहजै बन्ला । काममा मन जानाले आर्थिक लगानी बढाउन अनुकूल समय छ । उत्साहजनक माहोल पैदा भइ मन हर्षित हुनेछ । आरोग्यता बढ्नेछ भने दाम्पत्य सुख रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आजको दिन सचेतनापूर्वक व्यवहार नगरे अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ, सचेत रहनुहोला । विरोधिहरू सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । आर्थिक संकट पनि देखिएला, ध्यान राख्नुपर्नेछ । कतै यात्राको सोच बनाउनुभएको छ भने स्थगन गर्नु हितकर रहनेछ । साझेदारीको काम भने बन्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । तर जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने सम्भावना देखिन्छ ।

वृश्चिक – प्रशन्नता मिल्ने दिन छ । अल्झेको काम बन्नाले मनमा एक किसिमको उल्लास छाउला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभको समय छ । मानवर्द्धक काम बन्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – पराक्रम बढ्नेछ भने रोकिएको काम अघि बढ्ला । अधुरा काम बन्ने र नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनकोे सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – धन बढ्ने योग भए पनि आजको दिन मनमा पीडाले डेरा जमाउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । रसरागको भाव वृद्धि हुने तथा प्रेममा सफलता मिल्ने योग छ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आरोग्यता बढ्नेछ भने महत्वपूर्ण काम बन्नेछन् । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आजको दिन प्रशस्त लाभ हुने योग छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । सफलताको दर वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।