भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद

भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद


वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र इनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो ।

भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।