आजको पञ्चाङ्ग एवम् राशिफल (६ चैत्र २०७९ सोमबार, २० फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ चैत्र २०७९ सोमबार, २० फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र ६ गते सोमबार तद्अनुसार सन् २०२३ मार्च २० तारिख चैत्र कृष्ण पक्षको चतुर्दशी तिथि शतभिषा नक्षत्र साध्य योग भद्रा करण आनन्दादियोगमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः११ बजे र सूर्यास्त साँझ १८ः१४ बजे हुनेछ । पिशाच चतुर्दशी, भद्रकालीपीठमा लिङ्गो उठाउने ।

आजको राशिफल

मेष – आयबल वृद्धि हुने र रोकिएको धन उठ्ने समय छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । विगतको श्रम तथा लगानीबाट राम्रै प्रतिफल मिल्ला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । स्वास्थ्यमा भने कमजोरी महसूस होला । वैदेशिक यात्राको प्रयत्न गर्नेका लागि अनुकुल समय छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – सार्वजनिक क्रियाकलापमा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुने समय छ । तर, काममा ढिलासुस्ती हुने र आर्थिक समस्या देखापर्ने दिन छ, धैर्य राख्नुहोला । चोटपटकको योग देखिएकाले सचेत रहनुपर्नेछ । प्रतिकुलताका बाबजुद बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफ्ना खास योजनाहरूमा गोपनीयता अपनाउनु अपरिहार्य छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – भाग्यबल वृद्धिका कारण मनोबल बढ्नेछ । नयाँ सम्भावना देखिन्छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता पनि वृद्धि होला । नोकरी र पढाइलेखाइमा प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – दौडधुप बढ्ने दिन छ । जोखिम पनि वृद्धि होला । तथापि, प्रतिस्पर्धी परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – खुसीको समाचार सुन्न पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार–व्यवसाय विस्तार होला । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ, प्रयास खेर नजाला । दामपत्यसुख बढ्नेछ । आरोग्यता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । ऋण, रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – प्रयास गर्दागर्दै पनि काम सम्पन्न गर्न ज्यादा मिहेनत परेको अनुभूति होला । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । आजको दिन आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित होला । साझेदारीको कार्यमा सफलता देखिन्छ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात हुने समय छ । मानसम्मान र आम्दानी बढ्नेछ । ब्यापारबाट सोचेभन्दा बढी लाभ होला । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । कर्मबल बढ्नेछ । सन्तानबाट सुख मिल्ला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – पराक्रम बढ्नेछ । कसैबाट विशेष उपहार हातलागी हुने योग छ । खर्च बढ्ने र कामकाजमा अवरोध हुन सक्छ, सचेत रहनुहोला । हिम्मतले काम लिने समय छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – मित्रजन टाढिने र प्रेम सम्बन्धमा समस्या आउन सक्ने समय छ, ख्याल राख्नुहोला । तथापि, महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ । विशेष यात्राको अवसर जुट्न सक्छ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – आरोग्यता बढ्ने तथा विपरीत लिंगी वा शुभचिन्तकहरूबाट काम बन्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – लगानी तथा खर्च बढ्नेछ । सुख–सुविधा बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सुखी र सफल रहनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।