९ चैत्र २०७९, बिहीबार

नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी

  प्रकाशित मिति
५ चैत्र २०७९, आइतबार १५:५०


विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी-२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।

विराटनगर-६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए)लाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो ।

भारतीय क्रिकेट एसोसिएसनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो । चार खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन