९ चैत्र २०७९, बिहीबार

सेलागाउँमा सात दिवसिय योग विज्ञान शिविर

  प्रकाशित मिति
५ चैत्र २०७९, आइतबार ०५:५७


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-५ सेलागाउँमा सात दिवसीय योग विज्ञान शिविर संञ्चालन भएको छ । गरौँ योग रहौँ निरोग भन्ने नाराका साथ सेलागाउँमा गत बिहीबारदेखि सात दिवसीय योग विज्ञान शिविर सञ्चालन भएको हो ।

योगयुक्त समाज, रोगमुक्त समाज निर्माणका लागि अवस्थी परिवार समाजको आयोजना र पतन्जली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा नगरवासीलाई स्वस्थ र चित्तबृति विकासका लागि चैत्र २ देखि ८ गतेसम्म एक हप्ते योग विज्ञान शिविर संचालन भएको आयोजक संस्थाका अध्यक्ष समाजसेवी यज्ञराज अवस्थीले जानकारी दिए ।

योग सीमित क्षेत्रमा मात्र नभइ ग्रामीण समुदायसम्म बिस्तार र विकास गरि आम नागरिकको जीवनलाई दिनचर्या बनाउनुपर्ने धारणा राख्दै शिविरबाट लाभ दिन सके मानविय जीवनमा परिवर्तन देखिने उनले बताए ।

विभिन्न शारीरिक समस्या तथा रोगब्याधिले ग्रस्त नगरबासी नागरिकलाई मानसिक रुपले, शारीरिक रुपले स्वस्थ एवं सचेतनायुक्त बनाउनुका साथै सामाजिक सदभाव एकता विकास गर्न धर्म संस्कृतिको रक्षा गर्दै मानविय जीवनशैलीमा रुपान्तरणका लागि योग आवश्यक भएकोले योगको अवधारणालाई गाउँघरसम्म पनि बिस्तार गर्न शिविर संचालन गरिएको जनाइएको छ ।

शिविरमा मुख्य योग प्रशिक्षकको रुपमा पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोविन्द खडायत र प्रशिक्षक प्रकाश पाठक तथा लिला बिष्ट रहेका थिए । मुख्य प्रशिक्षक खडायतले योग अभ्यासलाई जीवनपद्धति बनाउनुपर्ने र नियमित गरेमा बिभिन्न जोखिमपूर्ण रोगबाट पनि मुक्ति पाइने बताए । यसैगरी महिला प्रशिक्षक बिष्टले योगमा आम नागरिकलाई आकर्षित र उत्प्रेरित गर्ने कविता पनि बाचन गरेका थिए ।

उक्त योग विज्ञान शिविरमा बिशेष गरि सधैभरि चुलोचौको र कृषिकर्म लगायत घरायसी काममा व्यस्त रहने महिलाहरु योग शिविरमा आएर अभ्यास गर्न पाएपछि हर्षित र लाभान्वित पनि भएका छन् ।


135
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन

बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव