चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी


चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र हासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छानिएका छन् ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा चयन भएका छन्।