९ चैत्र २०७९, बिहीबार

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

  प्रकाशित मिति
४ चैत्र २०७९, शनिबार १४:३७


राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।

यसैबीच प्रधानमन्त्रीले चैत ६ गते लिने विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने तामाङले बताएका छन् ।


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन