९ चैत्र २०७९, बिहीबार

प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा

  प्रकाशित मिति
४ चैत्र २०७९, शनिबार ०७:०१


जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन

बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव