९ चैत्र २०७९, बिहीबार

बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

  प्रकाशित मिति
४ चैत्र २०७९, शनिबार ०४:१०


बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग-२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताए ।

युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ । यसअघि सङ्घीय सरकारले प्रतिखेलाडी रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ

photo: rss राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् । यसअघिका कप्तानगोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि