९ चैत्र २०७९, बिहीबार

टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६’ प्याकेज

  प्रकाशित मिति
३ चैत्र २०७९, शुक्रबार १५:४४


विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ । रु ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

‘प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ’, प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले 14152*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


126
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

तस्बिर : रासस पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ

लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको