९ चैत्र २०७९, बिहीबार

क्रिकेटर आसीफ र आरीफलाई वीरगञ्जजका उपमहानगरपालिकाले मोटरसाइकल दिने

  प्रकाशित मिति
३ चैत्र २०७९, शुक्रबार १५:३३


वीरगञ्जज उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ मा देशको शिर उच्च तुल्याएको भन्दै वीरगञ्जका क्रिकेटर आसीफ शेष र आरीफ शेषलाई उपमहानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्जजनिवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुवैलाई पुरस्कारस्वरुप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।

उपमहानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याइ राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।


153
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

तस्बिर : रासस पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ