९ चैत्र २०७९, बिहीबार

नेपाल-भारत साहित्य महोत्सव

  प्रकाशित मिति
३ चैत्र २०७९, शुक्रबार १३:०२


नेपाल-भारत तीन दिने साहित्य महोत्सव आजदेखि विराटनगरमा शुरु भएको छ । दुई देश साहित्यकारबीचको सम्बन्धनलाई प्रगाढ बनाउन उक्त सम्मेलनको आयोजना गरिएको हो ।

विराटनगर महानगरपालिका र कनितधरा साहित्य अकादमी मेरठ भारतद्वारा आयोजित उक्त महोत्सवमा नेपाल–भारतका साहित्य, कला सांस्कृतिक क्षेत्रमा तीन सय ५० जनाको सहभागिता रहेको छ ।

कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले महोत्सवको उद्घाटन गर्दै यसले दुई देशबीचको सम्बन्धन जनस्तरमा पुग्ने विचार व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाज निर्माण साहित्यको ठूलो भूमिका रहने बताउँदै यसको कुनै सीमा नहुने विचार राखे ।

वरिष्ठ साहित्यकार दधिराज सुवेदी, कार्यक्रम संयोजक डा. देवी पन्थी, गङ्गा सुवेदी, क्रान्तिधर अकादमीका अध्यक्ष डा. विजय पण्डित र मीनकुमार नवोदितले राज्यले साहित्यको विकास एवम् साहित्यकारलाई उच्च सम्मान गर्नुपर्ने सुझाव दिए । महोत्सवमा पुस्तक विमोचन, बहुभाषी कवि सम्मेलन र सम्मान कार्यक्रम रहेको छ ।


45
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन

बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव