९ चैत्र २०७९, बिहीबार

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

  प्रकाशित मिति
३ चैत्र २०७९, शुक्रबार १०:०८


  • तस्बिर रासस

मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

सङ्घ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा तीन सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छ ।

आजको मतदानमा सङ्घतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसे ।

यसैगरी, रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन् । साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित थिइन् ।

प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन् ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

तस्बिर : रासस पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ

लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको