९ चैत्र २०७९, बिहीबार

क्रिकेट विजेता खेलाडीलाई तीन/तीन लाख पुरस्कारको घोषणा

  प्रकाशित मिति
३ चैत्र २०७९, शुक्रबार ०५:११


photo: rss

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डले जनही रु. तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु’, खेलाडीलाई प्रचण्डले भने, ‘विश्वकप छनोटका लागि तपाईंहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुख, दुःखमा साथमै हुनेछ ।’

यसअघि पनि सरकारले जनही रु दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिए । मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका छन् । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

तस्बिर : रासस पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ