९ चैत्र २०७९, बिहीबार

जापानमा ज्यान गुमाएका छात्रको परिवारलाई आर्थिक सहयोग

  प्रकाशित मिति
२ चैत्र २०७९, बिहीबार ०५:०७


विगत लामो समयदेखि समाज सेवा गर्दै आएको राप्ती समाज जापानको पहलमा जापानको ओकीनावानामा ज्यान गुमाएका सन्देश आचार्यको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

केहिसमय पहिला विद्यार्थी भिसामा जापानको ओकीनावामा जापानिज भाषा पढ़दै गरेका दाङको भालुबाङ स्थायी घर भएका आचार्यको हृदयघातका कारण २१ वर्षको उमेरमा नै मृत्यू भएको थियो।

छोटो समयका लागि आर्थिक अभियान शुरु गरि पाँच लाख तीन हजार दश जापानी येन मृतकको परिवारलाई सहयोग गरिएको हो।

यस आर्थिक अभियानमा साथ दिएर सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरुलाई राप्ती समाज जापानका अध्यक्ष मनराज विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि हरेक सामाजिक क्रियाकलापमा सम्पूर्ण शुभचिन्तकहरुको साथ र सहयोग रहने विश्वास ब्यक्त गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन

बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव