९ चैत्र २०७९, बिहीबार

किन ‘सुपरफ्लप’ भयो अनमोलको ‘छड्के २’ ?

  प्रकाशित मिति
१ चैत्र २०७९, बुधबार १४:२४


कुनैबेलाका सुपरस्टार भुवन केसीका सुपुत्र अनमोल केसी युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाएका अभिनेता हुन् । तर, उनको क्रेजमाथि नै शङ्का उब्जाइदिएको छ गत साता प्रदर्शित ‘छड्को २’मा उनको प्रस्तुतिले । यसअघि उनका धेरैजसो फिल्मले राम्रो व्यापार गरे पनि पछिल्लो फिल्म किन सुपर फ्लप भयो होला ? जिज्ञासाको विषय बनेको छ ।

उनको पछिल्लो फिल्म ‘छड्के २’को व्यापार अकल्पनीय रूपमा कमजोर रह्यो । प्रदर्शनको शुरूआती दिनबाटै दर्शकको खडेरी भोगेको फिल्म केही दिनमै अधिकांश मल्टिप्लेक्स हलहरूबाट उत्रियो । वितरकका अनुसार शुरुका ६ दिनमा फिल्मले हलमा ३० लाख हाराहारीको मात्रै कलेक्सन गऱ्यो । जुन कलेक्सन अभिनेता केसीको फिल्मी करिअरकै सबैभन्दा कमजोर हो । यतिको कमजोर व्यापार उनका कुनै फिल्मले गरेका थिएनन् । अन्य खासै नचलेका कलाकारको फिल्मले गर्ने व्यापारभन्दा पनि ‘छड्के २’को व्यापार कमजोर मानिएको छ ।

निर्माण घोषणाबाटै फिल्मको एक किसिमको चर्चा शुरू भएको थियो । यद्यपि पोस्टर, टिजर, ट्रेलर र गीतबाट फिल्मले दर्शकमाझ एक किसिमको कौतुहलता जगाउनुपर्ने हो, जुन जगाउन सकेको थिएन । फरक लुक्समा अनमोललाई नसुहाएको प्रतिक्रियाहरू दर्शकबाट देख्न सकिन्थ्यो । ऱ्यापर भिटेनको गीत पनि चर्चाकै खातिर मात्र फिल्ममा राखिएको आलोचना उहिल्यै गरिएको थियो । प्रचार सामग्रीको प्रभाव फिल्मको व्यापारमा देखियो ।

कारण खोज्दै जाँदा ‘छड्के २’को प्रचारप्रसारमा निर्माण टीमले त्यति ध्यान नदिएको स्पष्ट भयो । अरु फिल्म आउँदा मिडियामा दौडधुप गर्ने अनमोलको अन्तर्वार्ता यसपटक कहीँ आएन । निर्माता, निर्देशकदेखि कलाकारहरूले फिल्म रिलिजको दिनसम्म मिडिया पब्लिसिटीमा ध्यान दिएनन् । सो कारण ‘छड्के’को सिरिजका रूपमा आएको यस फिल्मबारे मासमा जानकारी पुग्न सकेन । यस्तै, चकलेटी भूमिकामा रुचाइएका अभिनेता अनमोल केसीले पहिलोपटक ग्याङस्टर फिल्ममा अभिनय गरे । प्रेमकथाका फिल्ममा मात्र अभिनय गरेर हुँदैन भनेर अलग जनरामा पनि आफूलाई स्थापित गर्ने प्रयासलाई सराहना गर्नुपर्ने हुन्छ । यद्यपि उनले त्यसका लागि सही टीम छनोट गर्न सकेनन् । जसका कारण अलग जनरामा अनमोलले गरेको कामलाई हेर्न हलसम्म दर्शक आएनन् ।

अनमोलको चकलेटी लुक्सका फ्यानहरू अहिले पनि धेरै छन् । म्युजिक भिडियो कहिल्यै नखेल्ने, मिडियामा जथाभावी नआउने र आउँदा पनि सन्तुलित हिसाबले बोल्ने उनको स्वभावका कारण पनि उनको फ्यान फलोइङ राम्रो छ । तर, उनका फिल्मले राम्रो व्यापार गरे पनि उनको अभिनयको भने सधैं नै आलोचना हुँदै आएको छ ।

फिल्म असफल हुनुको मुख्य कारण भने यसको कमजोर कथा, पटकथा र मेकिङलाई मान्न सकिन्छ । कथा र मेकिङ कमजोर भएपछि फिल्म हेरेका दर्शकहरू निराश हुन्छन् । ‘छड्के २’को सन्दर्भमा यही भयो । हेरेका दर्शक निराश भएर फर्किए भने उनीहरूले अरुलाई समेत फिल्म हेर्न प्रोत्साहित गरेनन् । यो फिल्म असफल हुनुमा निर्देशक पनि मुख्य दोषी देखिन्छन् । ‘छड्के-२’को निर्देशन निगम श्रेष्ठले गरेका हुन् । ‘छड्के २’ सुपरफ्लप हुनुको सबभन्दा महत्वपूर्ण ब्राण्ड फिल्म ‘छक्का पञ्जा ४’सँग एकैदिन प्रदर्शनमा आउनु नै हो । दर्शकहरूको पहिलो रोजाइमा पनि यो फिल्म नपरी ‘छक्का पञ्जा ४’ पऱ्यो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन

बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव