९ चैत्र २०७९, बिहीबार

पूर्व प्रधानमन्त्रीका भाइले किन गरे आत्महत्या !?

  प्रकाशित मिति
२४ फाल्गुन २०७९, बुधबार ०८:३६


पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ सरोज कुमार उपाध्यायले गत साता आत्महत्या गरेपछि त्यसको कारणबारे धेरैले चासो राखेका छन् । उपाध्यायले शङ्खमुलस्थित एक क्याफेको माथिल्लो तलाबाट फाल हानेर आत्महत्या गरेका थिए ।

सरोजकुमार पेशाले इन्जिनियर थिए र, राजनीतिभन्दा ब्यापार व्यवशायमा उनको ज्यादा रुचि थियो । तथापि माधवकुमार नेपालका भाइ भएकै कारण उनलाई एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य बनाइएको थियो । तर, सरोज राजनीति भन्दा ब्यापार ब्यवसायमै रमाउने गर्दथे । केही हाइड्रोपावर परियोजनामा उनको लगानी रहेको र, तीमध्ये दोलखास्थित योजनाले पूर्णता पाइसकेको बताइन्छ ।

सरोजको बसोबास आफ्ना ठूलादाज्यू माधवकुमार नेपालको घरसँगै थियो । उनका दुई छोरीहरू अमेरिकामा छन् भने पत्नी ओशो सन्यासी हुन् । सरोजले लामो समयदेखि एक्लोपनको महसूस गर्दै आएको उनका निकटस्थहरूले घटना र विचारलाई जानकारी दिएका छन् ।

केही समयदेखि सरोज गहिरो डिप्रेसनमा रहेका भएपनि उनले आफ्ना पीडा लुकाउने प्रयास गर्दै आएका थिए । उनले डिप्रेसनको औषधि सेवन गर्ने गरे/नगरेको बारे केही बताइएको छैन । तर, एक्लोपन र आर्थिक चापले सताइएका सरोजले डिप्रेसनकै अवस्थामा छ तला माथिबाट फाल हानेर आत्महत्या गरेको निकटवर्तीहरूको भनाइ छ ।


657
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

तस्बिर : रासस पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ

लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको