नपुङ्सकता के हो र कसरी हटाउने ?

नपुङ्सकता के हो र कसरी हटाउने ?


स्वास्थ्य चर्चा


पुरुषको लिङ्गको उत्तेजना या उत्थानको शक्ति नष्ट हुन्छ र त्यसबाट ऊ सम्भोग गर्नमा असमर्थ हुन्छ भने त्यो रोगलाई नपुङ्सकता भनेर चिनिन्छ ।

कारण :

नपुङ्सकताको मुख्य दुईवटा कारण हुन्छ- मानसिक र शारीरिक । मानसिक कारणमा- क्रोध, डर, चिन्ता, व्यथा, शोक आदि । शोकले उत्पन्न मानसिक तनावको कारण लिङ्गमा पूरा रक्तसञ्चार नभएर यो ठूलो र कडा हुँदैन । यसले अस्थाई नपुङ्सता उत्पन्न हुन्छ । जसको उपचार मनोवैज्ञानिक ढङ्गले गर्न सकिन्छ ।

नपुङ्सकताको शारीरिक कारणमा लिङ्गको विकास नहुनु, अति मैथुन, अप्राकृतिक मैथुन, हस्तमैथुन, लिङ्गमा चोट या आघात लाग्नु, मधुमेह, सिफलिस, गाइनोरिया, वीर्यवेग रोक्नु, उच्च रक्तचाप, धेरै रक्सी र चुरोट खानु, हार्मोन्सको कमी, मोटो हुनु, लिङ्गको नशामा रक्त प्रवाहको कमी, तमाखु, अफीम, गाँजा, भाङ, चरेस जस्तो मादक पदार्थको सेवन गर्नु ।

लक्षण :

यो रोगको लक्षणमा सम्भोग शक्तिको अभाव, सम्भोग गर्न सक्दिनँ भन्ने डरले मुटु धड्किनु, टाउको दुख्नु, रिंगटा लाग्नु, कब्जियत हुन्, राति निन्द्रा नलाग्नु, कमजोरी बढ्नु, आदि देखिन्छ ।

के खाने ?

– हल्का, सुपाच्य, पौष्टिक आहार, जस्तो– चोकरयुक्त गहुँको पिठोको रोटी, पुलाउ, उम्रेको गेडागुडी, मासको, मुगको दाल खानामा खाने ।
– दूध, दही, मह, तिल, नरिवल, पिस्ता, घीउ, मख्खन, पनिर, काजु, बदाम, किसमिस, खजुर आदि मज्जाले खाने ।
– फलमा अनार, केरा, आँप, स्याउ, अमला, अङ्गुर खाने ।
– तरकारीमा आलु, प्याज, मूला, लौका, बेधु, भिण्डी, सलगम, अदुवा, सखरकन्द, गाजर, लसुन खाने ।
– अदुवाको रस, प्याजको रस र मह बराबर मिलाएर बिहान बेलुका नियमित रूपमा खाने ।
– लसुनको केही केस्रा घीउमा तारेर खाने र दूध पिउने ।

के नखाने ?

– तारेको, पिरो, मसालेदार खाना नखाने ।
– मुग, मुसुरोको दाल, भान्टा, वनस्पती घीउ या यसमा तारेको चीज, मिठाई, तेल या तेलमा तारेको चीज नखाने ।
– पाचनशक्तिभन्दा धेरै खाना एकैचोटि नखाने ।
– तमाखु, रक्सी, अमिलो, निबुवाको अचार धेरै नखाने ।
– चिसो कुरा आइसक्रिम, कोल्डड्रिंक्स नखाने ।
– सख्खर र सख्खरबाट बनेको खानेकुरा नखाने ।

रोग निवारणमा सहायक उपाय के गर्ने ?

– पाचनक्रिया ठीक राख्ने ।
– सेक्स सम्बन्धमा प्रामाणिक जानकारी लिने ।
– आत्मविश्वास बढाउने ।
– सम्भोग क्रियामा निश्चिन्त भएर प्रसन्न चित्त लिएर, ममा पर्याप्त शक्ति छ भन्ने आत्मविश्वास लिने ।
– सम्भोगको लागि एकान्त, शान्त, सुरक्षित कोठाको छनोट गर्ने जहाँ कुनै प्रकारको चिन्ता, डरत्रासले नसताओस् ।
– सेक्स सम्बन्ध राख्दा श्रीमतीको पूरा सहयोग लिनुपर्छ ।

के नगर्ने ?

– गुट्खा, तमाखु, बिँडी, चुरोट नखाने । यसले रक्त प्रवाहमा रोकावट उत्पन्न गर्छ ।
– रक्सी, अफीम, भाङ, गाँजा, चरेस जस्तो नशा लाग्ने चीजदेखि टाढा बस्ने
– सेक्स सम्बन्धमा भ्रममा नपर्ने र आफूलाई कमजोर नठान्ने ।
– सम्भोग गर्दा पहिलोचोटी असफलता मिल्यो भने हरेस नखाने, यस्तो हुनु स्वभाविक छ । सफलताप्रति आश्वस्त हुनुस् ।
– हस्तमैथुन गर्न बिल्कुलै छोडिदिनुस् ।
– सधैं सेक्सको कुरामा लिप्त नहुने ।
– सेक्स साहित्य धेरै नपढ्ने ।
– कब्जियत हुन नदिने ।