९ चैत्र २०७९, बिहीबार

शार्कको आक्रमणबाट किशोरीको मृत्यु

  प्रकाशित मिति
२१ माघ २०७९, शनिबार १६:३३


अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि गम्भीर घाइते भएकी थिइन् ।

उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषित गरिएको थियो ।

शार्कको आक्रमणमा पर्दा किशोरी नदीमा साथीहरूसँग पोडी खेलिरहेको बुझिएको छ । तिनीहरू जेट स्कीमा थिए । सम्भवतः नजिकै डल्फिनको एक समूह देखिएको थियो र किशोरी पोथी डल्फिनको नजिकै पौडी खेल्न हामफाल्दा सोही समय शार्कको आक्रमणमा परेकी थिइन् । नदीको त्यस भागमा शार्क फेला पर्नु असामान्य भएको मत्स्य विज्ञहरूले प्रतिक्रिया दिएका छन् ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नर्ड स्ट्रिम पाइपलाइनको विषयमा रूसले तयार गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी)को मस्यौदा प्रस्तावलाई

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्