९ चैत्र २०७९, बिहीबार

एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटी बैठक सुरु

  प्रकाशित मिति
२१ माघ २०७९, शनिबार ०९:४३


photo: rss

नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो । बैठक आइतबारसम्म जारी रहने बताइएको छ ।

आजको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । पच्चीस पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामका बारेमा चर्चा गरेका छन् । त्यसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति आदि रहेको छ ।

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आफूहरुको व्यवहारले पार्टीको सिद्धान्तका बारेमा बताउने धारणा राखेका छन् । आफूहरुले अँगालेको सिद्धान्त सही छ या गलत भन्ने कुरा व्यवहारले देखाउने उनको तर्क छ । सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेषणका साथ समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी उल्लेख गर्दै उनले भने, ‘हामी समाज बदल्न चाहन्छौँँ ।’

अध्यक्ष नेपालद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरिएको छ ।


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले

लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको

जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ । सन्

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन