लामिछानेको ‘अल्टिमेटम’ समाप्त हुनुअघि प्रचण्ड र ओलीबीच भेटवार्ता

लामिछानेको ‘अल्टिमेटम’ समाप्त हुनुअघि प्रचण्ड र ओलीबीच भेटवार्ता


file photo

निवर्तमान गृहमन्त्री रवि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन चेतावनीका साथ दुईदिने अल्टिमेटम दिएको दोस्रो दिन बित्दै गर्दा प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई नेताबीचको कुराकानी लामिछानेले दिएको अल्टिमेटममै केन्द्रित भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले लामिछानेलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आएका र प्रम प्रचण्डले ओलीको आग्रह टार्ने प्रयत्न गरेको सन्दर्भ यतिबेला चर्चामा छ । दोहोरो राहदानी प्रयोगसम्बन्धी लामिछानेमाथिको मुद्धाको फैसला आएपछि मात्र उनलाई दिइने जिम्मेवारी स्पष्ट गर्न सकिने प्रधानमन्त्रीको तर्क रहेको छ भने केपी ओलीले निःशर्त गृहमन्त्रालयको जिम्मेवारी लामिछानेलाई दिइनुपर्ने जिकिर गर्दै आएका छन् । यस विषयले वर्तमान सत्ता गठबन्धन नै धरापमा परेको अनुभूति गरिएको छ ।