जसपाप्रति सरकार कृतघ्न बनेको आरोप

जसपाप्रति सरकार कृतघ्न बनेको आरोप


प्रचण्ड नेतृत्वको सरकारले जसपालाई बेवास्ता गरेको आरोप लगाइएको छ । सरकारमा जसपाको सहभागिताका विषयमा विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग छलफल गर्ने क्रममा जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उक्त आरोप लगाएका हुन् ।

‘राजनीतिक विचार, एजेण्डा नभएका र परिवर्तन उल्टाउन लागिपरेका दलहरुलाई सत्ता नछोड्न हारगुहार गरिरहेको यो सरकार परिवर्तनको नेतृत्व गरेको राजनीतिक दलप्रति अनुदार देखिएको छ, यो गम्भीर विषय हो,’ बस्नेतको भनाइ छ ।

‘हामीले यो सत्ता गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेल्यौँ, सरकारलाई समर्थन गऱ्यौँ, विश्वासको मत दियौँ । सत्ता गठबन्धनका सभामुख र उपसभामुखलाई भोट दियौँ । तर प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतघ्न रहेको पाइयो’, बस्नेतले भने ।