‘नेपाल-भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ’ : राजदूत श्रीवास्तव

‘नेपाल-भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ’ : राजदूत श्रीवास्तव


नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल-भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा ‘भवन उद्घाटन समारोह’मा उहाँले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सप्तरीमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य र शिक्षा महत्वपूर्ण कुरा रहेकाले यसमा हाम्रो मैत्रीपूर्ण सहयोग रहिरहन्छ ।’ राजदूत श्रीवास्तवले भारत सरकारको सहयोगमा गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र निर्माण गरिएको आकष्मिक प्रसूति भवन, बोरियास्थित नरेन्द्र मेमोरियल जनता मावि भवन र डाक्नेश्वरी नगरपालिकास्थित जनता रामेश्वर मेमोरियल मावि भवनको शुक्रबार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राष्ट्रियसभा सदस्य शेखरकुमार सिंह, प्रदेशसभा सदस्य किरणकुमारी साह, पूर्वमन्त्री जितेन्द्रनारायण देवलगायतको उपस्थिति थियोे ।