आजको पञ्चाङ्ग एवम् राशिफल (२१ माघ २०७९ शनिबार, ४ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ माघ २०७९ शनिबार, ४ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २१ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी ४ तारिख माघ शुक्ल पक्षको चतुर्दशी तिथि पुनर्वसु नक्षत्र ९ः३६ पर पुष्य नक्षत्र प्रीति योग गर करण आनन्दादियोगमा छत्र योग चन्द्रमा कर्कट राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ बजे र सूर्यास्त साँझ १७ः४५ बजेमा हुनेछ । श्रीपशुपतिनाथको छाया दर्शन ।

आजको राशिफल

मेष – समय अनुकुल छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम र धन बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग पनि रहेको छ, ख्याल राख्नुहोला । आँटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । रसरागमा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – साझेदारीको काममा सफलता मिल्ने दिन छ । आरोग्यता वृद्धि हुनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्यता बढे पनि काममा जाँगर नलाग्ला । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मानसम्मान मिल्नेछ ।

सिंह – शुभ समाचार प्राप्त हुने दिन छ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत होला । स्वास्थ्यको लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिएला ।

कन्या – आजको दिन परिवारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । धन आर्जन गर्ने मौका मिल्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । विलासमा रुचि जार्गत होला । आशा उत्साह थपिनेछ ।

तुला – कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक – भाग्यबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । सद्कर्म पथमा प्रगति होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – जोखिम वृद्धि हुने समय । देखिएको समस्याको समाधान गर्नुहुनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मकर – आजको दिन शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । प्रेमभाव र आरोग्यता बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । आरोग्यता भने बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियै रहला ।

मीन – दिन राम्रो छ । प्रेमभाव वृद्धि हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।