आजको पञ्चाङ्ग एवम् राशिफल (२० माघ २०७९ शुक्रबार, ३ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० माघ २०७९ शुक्रबार, ३ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २० गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी ३ तारिख माघ शुक्ल पक्षको त्रयोदशी तिथि आर्द्रा नक्षत्र ७ः७ पर पुनर्वसु नक्षत्र विषकुम्भ योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा र सूर्यास्त साँझ १७ः४४ बजे हुनेछ । सौभाग्य शूर्पदान ।

आजको राशिफल

मेष – सुख वृद्धि हुने तथा मिठो भोजन प्राप्त हुने दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । इष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मित्रजनको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन ठिकै खालको छ । आरोग्यता वृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । तर कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवाद हुनुबाठ बच्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – शुभता एवम् कार्यक्षमता वृद्धि हुनेछ । प्रेममा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनमाथि विजय प्राप्त होला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुनेछ । नयाँ सम्भावना देखापर्ने छ ।

कर्कट – आजको दिन त्यति शुभदायी हुने देखिँदैन । खर्च बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त गर्न निकै जोड लगाउनु पर्ला । रसरागमा आकर्षण बढ्नेछ भने यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आयबल वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ भने विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – कर्मबल वृद्धि हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुने नै छ । आर्थिक पक्ष सबल छ तर स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समय खर्च गर्नुपर्ने हुनसक्छ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – भाग्यबल वृद्धि हुनेछ । मनोरञ्जनपूर्ण समय छ । काममा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । समयको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

वृश्चिक – जोखिम बढ्ने र कठोर मिहिनेतले मात्र काम बन्ने दिन छ । आरोग्यता वृद्धि हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आरोग्यता बढ्नेछ । साझेदारीको काम बन्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – आज आशा उत्साह बढ्ला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । वर्चश्व बढ्नेछ ।

कुम्भ – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि पराक्रम र उत्साह बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – भाग्यबल बलियो रहला । व्यस्तता बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।