आजको पञ्चाङ्ग एवम् राशिफल (१९ माघ २०७९ बिहीबार, २ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ माघ २०७९ बिहीबार, २ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ १९ गते बिहीबार तद्अनुसार सन् २०२३ फरवरी २ तारिख माघ शुक्ल पक्षको द्वादशी तिथि आर्द्रा नक्षत्र वैधृति योग कौलव करण आनन्दादियोगमा काण योग चन्द्रमा मिथुन राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा र सूर्यास्त साँझ १७ः४४ बजे हुनेछ । प्रदोष व्रत, भीष्मद्वादशी, वटुमाघयात्रा ।

आजको राशिफल

मेष – आजको दिन अरुको आश र भरोसा नराखी काम गर्नु हितकर होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । तथापि, पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – मिश्रित फलदायी दिन छ । अनुकूलता प्राप्त हुने र रसरागमा आकर्षण बढ्नेछ । अरूको सुझावमा भने भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय नै रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । तथापि, आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – आज आरोग्य वृद्धि हुनेछ भने नयाँ सम्भावना देखिनेछ । कुनै विशेष योजना छ भने त्यसलाई आज गोप्य नै राख्नु हितकर हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – लगानी बढ्नेछ । प्रेमपात्रसित भेटघाट होला । यात्रामा सफलता प्राप्त हुनेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – आयबल बढ्नेछ । आनन्द वृद्धि होला । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – आजको दिन सानो उपलब्धिका लागि पनि धेरै मिहेनत गर्नुपर्ने देखिन्छ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । विलासमा रुची बढ्नेछ । ख्याती फैलिनेछ ।

तुला – समय सामान्य नै छ । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आजको दिन धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

धनु – दामपत्य सुख वृद्धि हुनेछ । व्यापारमा लाभ हुने दिन छ । सेवामूलक कामबाट पनि धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आरोग्यता वृद्धि हुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुने दिन छ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – ब्यस्तता बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले भने काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ, ध्यान राख्नुहोला । रसरागको भाव वृद्धि हुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – पराक्रम र धन वृद्धि हुनेछ । शुभता बढ्नेछ । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । मन अनुकूलको काम बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।