गजल

गजल


रामचन्द्र ढकाल

टुटे फुटे कति यहाँ, जुटे मिले फाटे कति
आए गए पछि फेरि, थुके आफैं चाटे कति ।

रात दिन गरी घुमी, नयाँ वर्ष फेरि नयाँ
रवि चाँद तारा जस्तै, फेरि फेरि साँटे कति ।

वर्षा ऋतु पानी लिइ, शरद् हरा भरा भइ
क्रमैसँग आए सबै, खेती अन्न झाँटे कति ।

जन्मे मरे घाटबाट, फर्की आए पनि कोही
स्वर्ग नर्क पाप धर्म, भन्दै दिन काटे कति ।

रोग ब्याधी थपी बैद्य, पढे बढे अरू पनि
घाउ पीप बढी भन्दै, नयाँ अझै छाँटे कति ।

विद्या ज्ञान बुदि फेरि, नयाँ खोजे शैली पनि
घाम छाया वन पाखा, सट्टा पट्टा ढाँटे कति ।

नाफा घाटा साँवा ब्याज, सधै सधैं चलेकै छ
लाए खाए पछि अनि, गाली गर्दै डाँटे कति ।

जिउ ज्यान सुख चैन, यसैमा छ दिन सधैं
भय त्रास मात्र हैन, खुशी लता बाटे कति ।

  • कोमल, काठमाडौं