कानून र राज्यसँग जोरी खोज्नुको परिणाम !

कानून र राज्यसँग जोरी खोज्नुको परिणाम !


साधारण नागरिक जो निजी जिन्दगी बिताउन चाहन्छन्, उनिहरू र राज्यको दायित्व लिएका या लिन खोज्ने सार्वजनिक ब्यक्तिलाई एउटै दृष्टिले संसारको कुनै मुलुकमा पनि हेरिन्न । देश सफा गर्न तयार हुने ब्यक्ति पहिले आफै सफा भएर, आफ्ना विगतका त्रुटिप्रति आत्मालोचित हुँदै कठोर प्रतिबद्धतासहित शालिनतापूर्वक प्रस्तुत हुन सक्नुपर्छ ।

देवप्रकाश त्रिपाठी

सरकारमा उपप्रधानमन्त्रीको हैसियतसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका ब्यक्ति नै नागरिकतासम्बन्धी विवादमा परेर जिम्मेवारीमूक्त हुनुपरेको घटनाले नेपाली राजनीति र राज्य प्रणालीमाथिको विश्वसनियतामा गम्भीर प्रश्न उठेको छ । हरेक मानिसलाई नागरिकता कुन देशको ग्रहण गर्ने भन्ने अधिकार रहन्छ । यस अर्थमा सबै मानिस विश्व-नागरिक हुन् भन्न सकिन्छ । तर निजी जीवनमा रमाउने र सार्वजनिक जिम्मेवारी लिने या लिन चाहने ब्यक्तिको हकमा भने नागरिकतासम्बन्धी विषय अत्यन्त सम्वेदनशील मानिन्छ । आफ्नो पेट या परिवार पाल्ने जिम्मेवारी या मानसिक तहका मानिसलाई मिल्ने सुविधा राज्यकै जिम्मेवारी लिन खोज्ने मानिसलाई उपलब्ध हुन सक्दैन । उमेरले पच्चीस काटिसकेपछि देशको नागरिकता त्यागेर पराया देशको नागरिकता खुशी/खुशी ग्रहण गर्ने ब्यक्तिलाई देशको गृहजस्तो सम्वेदनशील मन्त्रालयको जिम्मेवारी दिइनु र, आफैमाथि अनुसन्धान तथा छानवीन गर्ने मन्त्रालयको कमाण्ड सम्हाल्न इच्छुक हुनुले कानूनी र नैतिक प्रश्न गम्भीरतापूर्वक उठाएको थियो । संवैधानिक अदालतले यस विषयमा उपयुक्त निर्णय दिएर समस्या समाधानको मार्ग प्रशस्त गरिदिएको छ ।

अदालतको निर्णयसँगैै दोहोरो नागरिकता लिने नेपालीहरूमा तरङ्ग पैदा भएको छ । खासगरी युरोप, अष्ट्रेलिया र अमेरिका पलायन भएका नेपालीहरू अदालतको निर्णयप्रति सशङ्कित हुन पुगेका छन् । देशमा उचित अवसर नपाएर विदेशिन बाध्य नेपालीले उतैको नागरिकता लिएका रहेछन् भने पनि उक्त नागरिकता त्यागी नेपाल फर्किएर आवेदन गरेमा पुरानै नम्बरको नागरिकता उपलब्ध गराइने कानूनी ब्यवस्था नेपालले गरेको छ । त्यसैले नागरिकता सम्बन्धमा संवैधानिक अदालतले माघ १३ गते शुक्रबार निवर्तमान गृहमन्त्रीको विषयमा गरेको निर्णयले गैरआवासीय नेपालीको माग र हितलाई नकारात्मक असर गर्ने देखिन्न । मुद्दालाई सनसनीपूर्ण बनाएर आफ्नो पक्षमा वातावरण बनाउने कपटी नियतले गरिएको प्रचारबाजीको प्रभावमा पर्न नदिन सरकार या न्यायालयले तत्परता लिइदिएको भए सम्भवतः चियाको कपमा आँधी ल्याएर रमिता देखाउने चटकेहरूलाई अन्योल सिर्जना गराउने सफलता नमिल्न सक्थ्यो ।

साधारण नागरिक जो निजी जिन्दगी बिताउन चाहन्छन्, उनिहरू र राज्यको दायित्व लिएका या लिन खोज्ने सार्वजनिक ब्यक्तिलाई एउटै दृष्टिले संसारको कुनै मुलुकमा पनि हेरिन्न । देश सफा गर्न तयार हुने ब्यक्ति पहिले आफै सफा भएर, आफ्ना विगतका त्रुटिप्रति आत्मालोचित हुँदै कठोर प्रतिबद्धतासहित शालिनतापूर्वक प्रस्तुत हुन सक्नुपर्छ ।

नेपालमा रोजगारी नमिलेर या योग्यताको कदर नभएर या अन्य त्यस्तै कारणले देश छोड्न बाध्य लाखौँ नेपाली छन् । तर तीमध्ये केहीले मात्र अर्को देशको नागरिकता लिएका छन, अधिकाङ्शले वर्क पर्मिट, ग्रीन कार्ड या पीआर लिएर काम चलाएका छन् । जसले विदेशको नागरिकता लिएका छन् त्यो तिनको ब्यक्तिगत अधिकारको कुरा हो । नागरिकता विदेशको लिएपनि तिनको राष्ट्रियता नेपाली नै हुन्छ । नागरिकताको प्रमाणपत्र नरहेपनि राष्ट्रियता कहिल्यै खोसिन्न, खोसिन सक्दैन । एनआरएनले ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने जुन नारा बनाएको छ त्यसको सान्दर्भिकता पनि यहीँनेर छ । एकपटकको नेपाली नागरिक सधैंको नागरिक भन्ने नारा एनआरएनले पनि बनाएको छैन र, बनाउने प्रयास पनि सम्भवतः गर्नेछैन । तर उसले बनाएको ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा कहिल्यै असान्दर्भिक हुनेछैन ।

सम्बन्धित ब्यक्ति जो अमेरिकाको नागरिकता त्याग्नुलाई नै सिद्धार्थ गौतमको भन्दा ठूलो त्याग ठान्छन् र त्यागीका रूपमा आफूलाई चिनिदिउन् भन्ने इच्छा राख्छन्, तिनले बुझ्न बाँकी के देखियो भने यो देशमा अहिले पनि त्यस्ता देशभक्त राष्ट्रवादी नागरिक लाखौँको सङ्ख्यामा छन् जो नेपाली भएकोमा गौरव गर्छन् र, विदेशी बन्ने हज्जार अवसरलाई उपेक्षा गर्दै यहीँ नेपाली बनेर देश बनाउन सङ्घर्ष गर्दै बसेका छन् ।

विदेशको नागरिकता लिइसकेपछि सम्बन्धित देशकै संविधान, कानून र नीति नियमको पालना इमान्दारीका साथ गर्नु सामान्य कर्तब्यभित्र पर्दछ । त्यस्ता ब्यक्तिले विदेशको नागरिकता त्यागेर नेपालको नागरिकता लिन चाहेमा एउटा कानूनी प्रक्रिया अनिवार्य रूपले पूरा गर्नुपर्ने हुन्छ । निजी जिन्दगीमा सीमित रहेर बाँच्न चाहनेले पनि त्यसरी कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भने सार्वजनिक जिम्मेवारी खोज्नेले कानूनलाई हेप्ने, छल्ने या अवज्ञा गर्ने भन्ने कुरा कल्पना पनि गरिँदैन । आफूले सम्बन्ध विच्छेद गरेकी महिलासँग पुनः जोडिनुपरेको अवस्थामा त एउटा कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भने विदेशको नागरिकता लिनु जस्तो सम्वेदनशील विषयलाई हल्का ढङ्गले लिन सकिँदैन । सम्बन्धित ब्यक्ति जो अमेरिकाको नागरिकता त्याग्नुलाई नै सिद्धार्थ गौतमको भन्दा ठूलो त्याग ठान्छन् र त्यागीका रूपमा आफूलाई चिनिदिउन् भन्ने इच्छा राख्छन्, तिनले बुझ्न बाँकी के देखियो भने यो देशमा अहिले पनि त्यस्ता देशभक्त राष्ट्रवादी नागरिक लाखौँको सङ्ख्यामा छन् जो नेपाली भएकोमा गौरव गर्छन् र, विदेशी बन्ने हज्जार अवसरलाई उपेक्षा गर्दै यहीँ नेपाली बनेर देश बनाउन सङ्घर्ष गर्दै बसेका छन् ।

आफ्नो मुलुक बन्ने या बनाउने उत्कट चाहना र प्रतिबद्धता देश छोड्न नचाहने नेपालीमा झनै बढी छ भन्ने बुझ्नु उपयुक्त हुनेछ । नेपालमै बसेर सङ्घर्ष गरिरहेकाहरूलाई अष्ट्रेलियन, अमेरिकी या युरोपेली नागरिक बन्ने मौका नपाएका मानिस ठानिन्छ भने त्यस्तो धारणालाई एकै झोक्कामा खारेज गरिन्छ । जता राम्रो भेटिन्छ उतै लाग्नु मानिसको प्राकृतिक गुण हो र आफू जहाँ छु त्यसैलाई राम्रो बनाउँछु भन्ने सोचचाहिँ एउटा दृढता र प्रतिबद्धता हो । त्यसैले विषयलाई यसै रूपमा बुझेर व्यवहार गरिदिनु उपयुक्त हुन सक्छ ।

अर्कै देशको नागरिकता र पासपोर्ट गुप्त पकेटमा बोकेर नेपालको मन्त्री-सन्त्री आदि बन्न खोज्नुलाई अपराध नमानेर महान् कर्म मान्ने सुविधा नेपालको कानूनले दिएको छैन । यदि सामान्य नैतिकता भएका इमान्दार ब्यक्ति हुन्थे भने पेटको लागि देश त्यागेपनि नागरिकता त्याग्दैनथे, खास अवस्थामा त्याग्नुपरेको भएपनि प्रक्रिया पुऱ्याएर पुनः नेपाली नागरिक बन्थे र, फर्किएपछि आफ्नै देशको कानूनको अवज्ञा गर्दैनथे ! अमेरिकामा बसोबास गरेका मानिस त कानूनप्रति झन सम्वेदनशील हुन्छन् भन्ने बुझिन्छ । तर यहाँ गृहमन्त्रीसम्म बनाइएको ठेट्नाले त नेपालको कानूनलाई सिधै उपेक्षा र इन्कार गरिदिए । त्यस्तालाई कानूनी दायरामा ल्याउन खोज्दा भेँडाहरूको स्यालहुइँया सुरु भएको छ । नैतिकताको न्यूनतम हेक्का राखिएको भए पहिले तिनले कानूनी प्रक्रिया पूरा गर्थे र, त्यसपछि मुद्दा नटुङ्गिएसम्म सरकारमा नजाने भन्नसक्थे या, गएपनि गृहचाहिँ नलिने अडान राख्नसक्थे । अहिले पनि दोहोरो राहदानीसम्बन्धी मुद्दामा गृह मन्त्रालयले छानवीन गरिरहेको छ, त्यसबाट उन्मूक्ति पाउन ती स्टण्टबाज फेरि पनि गृहमन्त्री बनिपाउन उफ्रिपाफ्री गर्दैछन् । जत्था लिएर राज्य र कानूनलाई तर्साउन खोज्दैछन् ।

नागरिकता विदेशको लिएपनि तिनको राष्ट्रियता नेपाली नै हुन्छ । नागरिकताको प्रमाणपत्र नरहेपनि राष्ट्रियता कहिल्यै खोसिन्न, खोसिन सक्दैन । एनआरएनले ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने जुन नारा बनाएको छ त्यसको सान्दर्भिकता पनि यहीँनेर छ । एकपटकको नेपाली नागरिक सधैंको नागरिक भन्ने नारा एनआरएनले पनि बनाएको छैन र, बनाउने प्रयास पनि सम्भवतः गर्नेछैन । तर उसले बनाएको ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा कहिल्यै असान्दर्भिक हुनेछैन ।

निवर्तमान गृहमन्त्रीले अमेरिकी नागरिकता त्यागेको निस्सा अदालतले प्राप्त गर्न सकेन, बरु अमेरिकाको नागरिकता जीवित रहेको र अमेरिकी पासपोर्टसमेत भएकै अवस्थामा परित्याग भइसकेको नेपाली नागरिकताको पुरानो प्रतिलिपीका आधारमा नेपालको समेत राहदानी लिएको प्रमाण अदालतले फेला पाऱ्यो । एउटा ब्यक्ति दुई देशको नागरिकता र पासपोर्ट बोकेर हिँड्छ भने त्यसलाई नेपालको कानूनले गम्भीर अपराध मान्नु अस्वाभाविक होइन । यस अघि चार्ल्स सोभराज नामक ब्यक्तिले पनि यसरी नै अनेक देशको नागरिकता र पासपोर्ट बोकेर हिँड्ने गरेको सुनिन्थ्यो । संवैधानिक अदालतका पाँच न्यायाधीशमध्ये दुईले निकै जोडतोडका साथ यस प्रकरणमा सम्बन्धित ब्यक्तिलाई उन्मूक्तिको प्रयास नगरेका होइनन् । तर अमेरिकी नागरिकता त्यागेको निस्सा ल्याउन नसकेको, त्यस अर्थमा उनको अमेरिकी नागरिकता अहिलेसम्म जीवित रहेको, नेपाली नागरिकता पुनःप्राप्तिको कानूनी प्रक्रिया सुरु नै नगरेको, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्टसमेत लिएर एकसाथ आवश्यकताअनुसार दुवै राहदानीको प्रयोग/उपयोग गर्ने गरेको र राष्ट्र सेवाको निम्ति झुठो विवरण पेस गरि राज्यलाई झुक्क्याएको प्रमाणित भएपछि अन्ततः ती दुई न्यायाधीशसमेत कानूनबमोजिम कारवाहीको प्रक्रियामा जान सहमत भएका थिए ।

अमेरिका र नेपाल त दुई देश भए, नेपालभित्रै कसैले दुई जिल्लाको नागरिकता र त्यस आधारमा बनेका दुई पासपोर्ट प्रयोग गरिरहेको छ भने त्यसलाई अपराध मानिन्छ र कानूनी कारवाहीको दायरामा ल्याइन्छ । अदालतको निर्णयबाट सम्बन्धित ब्यक्ति अनागरिक हुन पुगेका थिएनन्, बरु अमेरिकी नागरिक नै रहिरहेको पुष्टि भएको मात्र थियो । अब उनिमाथि राज्यद्रोह, राज्यलाई झुक्क्याएर ठगी गरेको, दोहोरो राहदानी लिएर गैरकानूनी कार्य गरेको जस्ता विषयमा मुद्दा चल्न सक्नेछ । अमेरिकी नागरिकता त्यागेको निस्सा नआएसम्म नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया सुरु हुनेछैन, तर काठमाडौं जिप्रकाले निस्सा लिएर नागरिकता दियो या हुलहुज्जतबाट डराएर नागरिकता दिएको हो स्पष्ट हुनसकेको छैन । नागरिकता नभइ मतदाता नामावलीमा नाम समावेस हुन सम्भव छैन । त्यसैले यही स्थितिमा हुने आगामी उपनिर्वाचनमा सम्बन्धित ब्यक्तिले पुनः उम्मेदवारी दिन सक्ने सम्भावना देखिन्न । उम्मेदवारी दिनका निम्ति मतदाता नामावलीमा नाम हुनुपर्ने अनिवार्य ब्यवस्था कानूनले गरेको छ ।

अर्कै देशको नागरिकता र पासपोर्ट गुप्त पकेटमा बोकेर नेपालको मन्त्री-सन्त्री आदि बन्न खोज्नुलाई अपराध नमानेर महान् कर्म मान्ने सुविधा नेपालको कानूनले दिएको छैन । यदि सामान्य नैतिकता भएका इमान्दार ब्यक्ति हुन्थे भने पेटको लागि देश त्यागेपनि नागरिकता त्याग्दैनथे, खास अवस्थामा त्याग्नुपरेको भएपनि प्रक्रिया पु¥याएर पुनः नेपाली नागरिक बन्थे र, फर्किएपछि आफ्नै देशको कानूनको अवज्ञा गर्दैनथे ! अमेरिकामा बसोबास गरेका मानिस त कानूनप्रति झन सम्वेदनशील हुन्छन् भन्ने बुझिन्छ । तर यहाँ गृहमन्त्रीसम्म बनाइएको ठेट्नाले त नेपालको कानूनलाई सिधै उपेक्षा र इन्कार गरिदिए ।

नागरिकतासम्बन्धी ऐन २०६३ ले पुनः कायम नभएको नागरिकता प्रयोगलाई दण्डमा समावेस गरेको छैन । तर अपराध संहिता २०७४ को दफा २४९(२) ले भने जनतालाई धोखा दिइ, झुक्क्याइ, पुनः कायम नभएको नागरिकताको आडमा बेइमानीपूर्वक आफ्नो दर्जा (नेपाली नागरिक) ढाँटी सार्वजनिक सेवा-सुविधा लिइ हानी पुऱ्याएको अवस्थामा (३) ख अनुसार सजाय हुने स्पष्ट गरेको छ ।

त्यस्तै राष्ट्र सेवकको ओहोदा प्राप्त गर्ने उद्देश्यले पुनः कायम हुन नसकेको झुठो नागरिकता पेस गरेकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ अनुसारको कसुरमा ६ महिनादेखि एक वर्ष कैद र १०–२० हजारसम्म जरिवाना हुने ब्यवस्था गरेको छ ।

त्यसैगरी पुनः कायम नभएको झुट्टा नागरिकताको आधारमा राहदानी लिएको अवस्थालाई पनि नेपालको कानूनले दण्डनीय मानेको छ । राहदानी ऐन २०७६ को दफा २१ ( क ) मा ‘झुट्टा विवरण दिइ राहदानी या यात्रा अनुमति लिएमा दफा २२ (१) बमोजिम दुई देखि पाँच लाख जरिवाना र एक देखि तीन वर्ष कैद या दुवै सजाय हुने’ ब्यवस्था गरिएको छ ।

निवर्तमान गृहमन्त्रीले यहाँ उल्लेख भएका सबै कानूनको उल्लङ्घन गरेको देखिने हुँदा उनिमाथि कानूनी कारवाहीको लागि संवैधानिक अदालतले ढोका खोलिदिएको छ । उपरोक्त कानूनबमोजिम सजाय पाएमा यस्ता ब्यक्तिले आजन्म चुनावमा भाग लिन पाउने छैनन् ।

सञ्चारकर्ममा रहँदा पत्रकारिताको आधारभूत मूल्य मान्यता र मर्यादा तोड्ने ब्यक्तिले न्यायालय, प्रहरी, अख्तियार, विशेष प्रहरी र कार्यकारी निकायले गर्नुपर्ने कामसमेत सञ्चारकर्मको नाममा आफै गर्न खोज्थे । पत्रकारिताको सीमा र मर्यादा नबुझ्नेहरू उनको कामलाई हेरेर प्रशंसा गर्थे भने पत्रकारहरूचाहिँ लज्जाबोध । टेलिभिजनकै पर्दाबाट कसैको नाकको डाँडी भाँच्ने उद्घोष गरेर विश्वमै नेपाली पत्रकारिताको खिल्ली उडाउने ब्यक्तिले आफैमाथि छानवीन गरिरहेको मन्त्रालयको मन्त्री बनेर अर्को रेकर्ड पनि बनाएका छन् । राज्यका हरेक अङ्गले गर्नुपर्ने काम जब एक्लै एउटा ब्यक्तिले हिन्दी सिनेमा ‘नायक’का हिरोले झैँ स्टण्ट शैलीमा गर्न खोज्छ भने उसको गैरकानूनी नियत र व्यबहार त्यहीँ छचल्किन थाल्छ । निवर्तमान गृहमन्त्रीको प्रस्तुति आक्रामक, स्टन्टबाजमा आधारित, केही गर्नेभन्दा पनि केही गरेको देखाउने शैलीको रह्यो । कानूनलाई समेत हेप्नु र अटेरी गर्नुको परिणाम सम्बद्ध ब्यक्तिले भोगेका छन् । यस घटनाले हामी सबैलाई पाठ सिकाओस्, जय मातृभूमि !

(केही दिन अघि प्रकाशित लेखलाई नै परिमार्जनसहित प्रस्तुत गरिएको जानकारी गराउन चाहन्छु ।– लेखक)