आजको पञ्चाङ्ग एवम् राशिफल (१८ माघ २०७९ बुधबार, १ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ माघ २०७९ बुधबार, १ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १८ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी १ तारिख माघ शुक्ल पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र ऐन्द्र योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा वृष राशिमा १५ः५५ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा र सूर्यास्त साँझ १७ः४३ बजे हुनेछ । भीमाएकादशीव्रत ।

आजको राशिफल

मेष – आजको दिन मिश्रित फलदायी रहला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । व्यवसायमा लाभ हुने देखिन्छ तर अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। अनावश्यक अलमल पैदा हुन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – रोकिएका काम सम्पादन हुने दिन छ । तर, अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । आजको दिन कमजोरीले चिन्ता बधाउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्तिको योग छ ।

मिथुन – कार्यक्षमता वृद्धि हुने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । प्रेममा आकर्षण बढ्नेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट – आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउन सकिएला । तथापि, बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – कर्मबल वृद्धि हुनेछ । व्यवसायमा लगानी बढाउन उचित समय छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । परिस्थिति अप्ठ्यारो देखिए पनि प्रयत्न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – भाग्यबल वृद्धि हुने दिन छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउने योग छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – अनुकूलता वृद्धि हुनेछ । बोलीको भरमा काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आजको दिन दामपत्य सुख बढ्ने भने साझेदारीको काम बन्ने योग छ अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । यश वृद्धि हुनेछ ।

धनु – सामर्थ्य बढ्ने दिन छ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । धन आर्जन होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट होला । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्य कमजोर रहे पनि जिम्मेवारी भने बढिरहनेछन् ।

मकर – प्रेमभाव बढ्नेछ । आशा उत्साह बढ्ला । रसरागतथा प्रेममा सफलता मिल्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आज राम्रै फाइदाको योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला ।

मीन – विजयश्री प्राप्त हुने र पराक्रम बढ्ने दिन छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । भाग्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।