पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ९० पुग्यो

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ९० पुग्यो


उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको बताइएको छ । एक सय ५० भन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नको लागि सबै आशा गुमाएको थिएँ ।’

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको एएफपीलाई ताएका हुन् । एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।

शहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए, जसमध्ये ३०० देखि ४०० जना कम्पाउण्डको मस्जिदमा प्रार्थनाका लागि भेला भएका बताएका छन् ।

‘आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदैछौँ ताकि हामी थप शवहरू निकाल्न सकौँ, तर हामी कोही पनि बाँचेकाहरु फेला पर्ने आशामा छैनौँ’, प्रहरी प्रवक्ता बिलाल अहमद फैजीले बताएका छन् ।

प्रार्थना सुरु गरेको केही सेकेन्डपछि विस्फोट भएको र ‘मैले कालो धुवाँ आकाशमा उठेको देखेँ , म आफ्नो ज्यान बचाउन बाहिर भागेँ, ४७ वर्षीया प्रहरी अधिकारी शाहिद अलीले बताएका छन् ।