पर्वत समाज जापानले फुकुओकामा क्षेत्रिय समिति गठन गर्ने

पर्वत समाज जापानले फुकुओकामा क्षेत्रिय समिति गठन गर्ने


  • विशेष प्रतिनिधि, फुकुओका (जापान)

जापानमा रहेका नेपाल पर्वत जिल्लावासीहरुको साझा संस्था पर्वत समाज जापानले फुकुओकामा आफ्नो क्षेत्रिय समिति गठन गर्ने भएको छ ।

पर्वत समाजले फेब्रुवरी १ तारिख फुकुओकामा आफ्नो पहिलो क्षेत्रिय समिति विस्तारको लागि भेला आयोजना गरेको समाजका अध्यक्ष सुभाष लामिछानेले जानकारी दिए ।

‘जापानमा रहेका जिल्लावासी र जिल्लाको समग्र विकास, हकहित र आपसि हितमा थप एकताबद्ध बनेर अघि बढ्न क्षेत्रिय समिति बिस्तार गर्न लागेका हौँ’, अध्यक्ष लामिछानेले भने, ‘फुकुओकामा रहनुभएका धेरै पर्वतवासीहरुको अनुरोध पछि पहिलो क्षेत्रिय समिति गठन गर्न लागेका छौँ, फुकुओकामा रहनुभएका सबै पर्वतवासीहरुलाई उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ ।’

जापानमा रोजगार, व्यवसाय, अध्ययन लगायत विभिन्न पेशा र व्यवसायमा आवद्ध पर्वत जिल्ला घर भएकाहरुको साझा संस्थाको रुपमा रहेको पर्वत समाज जापानले जापानमा खेलकुद, समाजसेवा, विपदमा सहयोग, जिल्लाको शैक्षिक तथा विभिन्न प्राकृतिक विपद एवं मानविय समस्याहरुमा सहयोग गर्दै आएको छ ।