लोक गायक पौडेलको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

लोक गायक पौडेलको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । रक्तअल्पताको कारण विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका पौडेलको गएराति स्याङ्जा खुदीस्थित घरमा निधन भएको हो ।

दर्जनौँ लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको निधनप्रति प्रधानमन्त्री प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् लोकगायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन् ।

पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ ।