२१ माघ २०७९, शनिबार

अन्तर्राष्ट्रिय रेफ्री ढकालको पदोन्नति

  प्रकाशित मिति
११ माघ २०७९, बुधबार १७:४०


photo: rss

नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति भएका छन् ।

वर्ल्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र पठाएको छ । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्षको समय लागेको उनले जानकारी दिए ।

तेक्वान्दोको ¥याङ्किङ प्रतियोगिता र रिफ्रेसर कोर्समा सहभागिता जनाइ प्राप्त गरेको अङ्कका आधारमा ढकालको पदोन्नति भएको हो । तेस्रोबाट दोस्रो ¥याङ्कमा उक्लन कम्तीमा ८ अङ्क आवश्यक पर्छ । चार वर्षको अवधिमा उनले आठ वटा वर्ल्ड र्‍याङ्किङ प्रतियोगिता र २ रिफ्रेसर कोर्समा सहभागिता जनाइ १० अङ्क प्राप्त गरेका हुन् ।

नेपाली तेक्वान्दो खेलाडी ढकालले चीनको युसी सहरमा सम्पन्न १०४औँ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारबाट अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाएका थिए । त्रिभुवन आर्मीमा आबद्ध उनले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल चौथो डान हुन् । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी पहिलो व्यक्ति हुन् ।

अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा छन् । चीनको वुहानमा विस २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री रहेका ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए ।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयकमा समेत घोषित भएका थिए । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दाबढी मुलुकका निर्णयक सहभागी थिए ।

यसअघि नेपालमा सम्पन्न साउथ एशियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक रहिसकेका छन् ।


9
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको