२१ माघ २०७९, शनिबार

डडेल्धुरामा वर्षा र हिमपातले चिसो बढ्दा जनजीवन प्रभावित, किसान हर्षित !

  प्रकाशित मिति
११ माघ २०७९, बुधबार १७:०३


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । गत सोमबार साँझदेखि परिवर्तन भएको मौसमसँगै मंगलबार बिहानैदेखि भएको वर्षातका कारण चिसो बढेर जनजीवन प्रभावित बनेको हो ।

मौसममा बदली आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन एकाएक प्रभावित भएको छ ।

चिसोले गर्दा बिहान बेलुका दैनिकी काम गर्न समेत समस्या भएको स्थानीयको भनाइ छ । चिसोबाट जोगिन स्थानीयहरू आगो तथा हिटर बालेर बसिरहेका छन् । लगातारको झरीका कारण चिसो बढेर घरबाहिर निस्कन समस्या भएको छ भने बालबालिकाको पढाइसमेत प्रभावित भएको छ ।

चिसोमा भाइरस सक्रिय हुने भएकोले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने र लगातार रूघाखोकी लागेमा वा स्वास्थ्यमा थप समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

वर्षा र हिमपातले यहाँका किसान भने हर्षित भएका छन् । लामो समय खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले किसानहरूमा हिउँदे बाली र फलफुल सप्रिने आशा पलाएको छ ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा