नेपाली व्यवसायी संघ बेज्जियमको नयाँ समिति चयन

नेपाली व्यवसायी संघ बेज्जियमको नयाँ समिति चयन


  • विशेष प्रतिनिधि, बेल्जियम

बेल्जियमका उद्योगी व्यवसायीहरूको साझा संगठन नेपाली व्यवसायी संघ बेज्जियमको सातौँ वार्षिक साधारणसभा सोमबार लुभेनमा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लग्जम्वर्ग)का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले बेल्जियममा नेपाली समुदायको ठूलो आर्थिक लगानी भएको र यसले नेपालीलगायत बेल्जियमबासीहरूलाई समेत आर्थिक लाभ प्रदान गर्नुका साथै रोजगारी समेत सिर्जना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

राजदुत राजभण्डारीले संघले नेपालमा उत्पादित सामग्रीहरुको समेत प्रवर्धन गरेमा बेल्जियममा नेपाली सामग्रीको बजार अझ फराकिलो हुने सुझाव दिनुभयो ।

निवर्तमान अध्यक्ष यमु निरौलाले आफ्नो कार्यकालमा सोचेजति काम गर्न नसकिए पनि जे-जति काम गरियो यसबाट संघ र आफूलाई सन्तुष्टि दिएको दाबी गर्दै यसबाट बेल्जियममा लगानी गर्ने व्यवसायिहरुलाई समेत फाइदा पुगेको बताउनुभयो ।

सभाले चिरनकुमार खवासलाई निर्विरोध अध्यक्षमा चुनेको छ भने उपाध्यक्षहरूमा कासी दनै, कृष्ण सिम्खडा र रमेश दाहाललाई चयन गरेको छ । त्यस्तै, महासचिवमा जगदिश सापकोटालाई छनौट गरेको छ भने सचिवमा बाबुराम शर्मा र ऋचा गुरुङलाई, कोषाध्यक्षमा भुवन सुवेदी तथा सह-कोषाध्यक्ष राजु थापालाई चयन गरेको छ ।

त्यस्तै, खुल्ला सदस्यहरुमा लोकेन्द्र नेपाल, प्रिन्स खड्का, विनोद न्यौपाने, रमेश पौडेल र कुलबहादुर कार्कीलाई चयन गरेको छ भने क्षेत्रीय संयोजकहरुमा वेदराज पुरी (गेण्ट), जितेन्द्र केसी (लुभेन), दिपेश सुवेदी (ब्रसेल्स) र श्रीप्रसाद दवाडीलाई चयन गरेको छ ।