२१ माघ २०७९, शनिबार

काठमाडौंको गेष्ट हाउसमा सेनाका जवान मृत फेला

  प्रकाशित मिति
१० माघ २०७९, मंगलबार १६:४७


काठमाडौंको एक गेष्ट हाउसमा नेपाली सेनाका जवान मृत फेला परेका छन् । रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घर पाल्पा रैनादेवी छहरा हो । उनको हत्या हो या आत्महत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा