२१ माघ २०७९, शनिबार

पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ

  प्रकाशित मिति
१० माघ २०७९, मंगलबार १५:४०


प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुई जना रहेका छन् । उनीहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

हेलिकप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खीमबहादुर राना छन् । उनीहरुले पाइलट डङ्गोललाई जबर्जस्ती खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गर्न लगाएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

हेलिकप्टर अवतरण गरेपश्चात पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिइकन खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरिएको थियो ।


63
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको