जापानमा दुई दिन पछिल्लो दश वर्षकै ज्यादा चिसो हुने पूर्वानुमान

जापानमा दुई दिन पछिल्लो दश वर्षकै ज्यादा चिसो हुने पूर्वानुमान


विशेष प्रतिनिधि, टोकियो (जापान)

अत्यन्तै चिसो हिउँदे हावाका कारण आज २४ देखि २६ जनवरीसम्म उत्तरी तथा पश्चिमी जापानको सामुद्रिक क्षेत्रवरपर भारी हिमपात र वर्षा हुने आँकलन गरिएको छ ।

यो दुई दिनको अवधिमा जापानभर पछिल्लो १० वर्षकै चिसो हुने (कम तापक्रम) मौसमी पूर्वानुमान गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार चिसोका कारण पानी आपुर्ति गर्ने पाइपहरु तथा सडकको सतहमा चिसोका कारण क्षति हुने जोखिम रहेको छ । भारी हिमपात, चिसो बतास तथा वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिहरुमा सावधान रहनका लागि आग्रह गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार ठण्डी हावाको वायुमण्डलीय चापको २४ देखि २६ तारिखसम्म तीव्र हुनेछ र, उत्तरी तथा दक्षिणी जापानमा यस जाडोको सबैभन्दा चिसो हावा प्रवाह हुनेछ । परिणामस्वरुप मुख्यतया उत्तरी जापानदेखि पश्चिमी जापानको सि अफ जापान क्षेत्रमा भारी हिमपात र वर्षा हुने अनुमान गरिएको छ ।

आज, टोकियो महानगरका २३ वटा वडाहरुभित्र पनि यो वर्षको पहिलो हिमपात हुने मौसमी पूर्वानुमान रहेको छ ।