पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

पल्सर स्पोर्ट्स अवार्ड फागुनमा


नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा आगामी फागुन महिनामा हुने भएको छ ।

नेपाली खेल क्षेत्रमा योगदान पुऱ्याउने खेलाडी प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने उक्त अवार्ड कार्यक्रम आगामी फागुन २३ गते हुने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिएका छन् ।

उक्त अवार्ड २०७८ सालभर नेपाली खेलकुद क्षेत्रमा योगदान पुऱ्याउनाले खेलकर्मीलाई विभिन्न नौ विधामा सम्मान गरिनेछ । वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स अवार्ड छन् ।

मञ्चले वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीको उपाधि पाउने खेलाडीलाई जनही एक थान बजाज मोटर साइकल प्रदान गर्नेछ । त्यसबाहेक अन्य विधाका खेलाडीले भने जनही रु ५० हजार पुरस्कार पाउनेछन् ।

उक्त स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराजन हुलाचन्द्र एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । कार्यक्रममा मुख्य प्रायोजकका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।