२१ माघ २०७९, शनिबार

पोखरामा ‘टाइगर कप’ भलिबल सुरु

  प्रकाशित मिति
९ माघ २०७९, सोमबार ०१:५३


photo: rss

पोखरा रङ्गशालामा आइतबारदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताअन्तर्गत आइतबार तीन खेल भएका छन् । पुरुषतर्फको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकीले २५–२३, २५–२० र २५–१६ ले पुलिसलाई पराजित गरेको हो । उद्घाटनपछिको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । एपीएफ २०–२५, २५–२२, २६–२४ र २५–१९ ले विजयी भएको हो ।

महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी बनेको छ । न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो । आर्मीले २७–२५, २५–१७ र २५–२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहेको छ ।

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच/पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ ।

गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा