२१ माघ २०७९, शनिबार

अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि ठमेल-११ लाई

  प्रकाशित मिति
८ माघ २०७९, आइतबार १५:३१


पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौंको ठमेल-११ ले जितेको छ ।

पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै ठमेल च्याम्पियन बन्यो ।

उपाधि विजेता ठमेलले रु. दुई लाख नगद र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली दीपले रु. एक लाखमा चित्त बुझायो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको हो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गरे भने दीपका अन्तिम गुरुङले मात्र गोल गरे ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद रु १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल किपरमा ठमेलका सञ्जिव खड्गी, उत्कृष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, उत्कृष्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, उत्कृष्ट स्ट्राइकरमा ठमेलका सागर थापा र उत्कृष्ट प्रशिक्षकमा ठमेलकै प्रदीप श्रेष्ठ घोषित हुँदै जनही रु. पाँच हजारका दरले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नुभयो ।

विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले ट्रफी, मेडल प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद रु ६० हजार सहयोग गरे ।

संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाइ खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाइ राखेका थिए । प्रतियोगितामा भारत देहरादुनको एक टिमसहित कूल २४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ को नारासहित बगर भाइ खलकले विभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा